देश

काठमाडौं । कैलालीमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको आलिताल गाउँपालिका–३ की २८ वर्षीया पूजा खड्कासहितका व्यक्तिहरू छन् ।
धनगढी उपमहानगरपालिका–४ स्थित होटेल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार (फागुन १) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ९७ हजार ६७२ रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्