site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा टिकटक एप स्टोर र प्ले स्टोरमा फेरि उपलब्ध

काठमाडौं । अमेरिकामा टिकटक गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा फेरि उपलब्ध भएको छ । राष्ट्रिय सुरक्षा कानुनानुसार अमेरिकामा जनवरी १६ मा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

एप स्टोर र प्ले स्टोरबाट हटाइएको करिब २५ दिनपछि टिकटक पुनर्स्थापित भएको हो । बाइटडान्सका अरू एप क्यापकट, लेमन८ लगायत पनि पुनर्स्थापित गरिएको छ ।

टिकटकले जनवरी १९ मा आफ्ना प्रयोगकर्तालाई सेवा पुनर्स्थापित गरेको थियो । र, वेबसाइटबाट डाउनलोड गर्न सकिने सुविधा दिएको थियो ।

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेलगत्तै टिकटकमाथि लगाइएको प्रतिबन्ध ७५ दिनका निम्ति स्थगन गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । ७५ दिनभित्र बाइटडान्सले टिकटक कुनै अमेरिकी कम्पनीलाई बेचेमा प्रतिबन्ध हट्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro