site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेम  

प्रेम – एक
एउटा अल्जाइमर 
एउटा डिप्रेसन
एउटा बहादुरी
एउटा तपस्या
एउटा भ्रम
एउटा सौन्दर्य 
एउटा बेचैन
एउटा आशा 
र, घोर निराशा 

प्रेम – दुई 
म तिमीलाई असाध्यै माया गर्छु,
किनकि
मैले भेट्नुअघि
तिमी
शुद्ध घाममा सेकिएकी थियौ
शुद्ध हावाले घेरिएकी थियौ
शुद्ध माटोमा टेकिरहेकी थियौ
शुद्ध हाँगा र पातसँग खेलिरहेकी थियौ
निर्दोष चरा र गाईभैँसीसँग हिँडिरहेकी थियौ
आमा र बुबाको वात्सल्यमा हुर्किएकी थियौ
म बिलकुल नयाँ र बिलकुल निक्खरलाई माया गर्छु

प्रेम – तीन 
आकाशका घाम, जून र ताराहरू
घुम्न आएका छन् धर्तीमा
म पनि तिनैमध्ये एक हुँ
म आफैँले आफैँलाई बुझ्न धेरै बाँकी छ 
जन्मेदेखि नै आफैँलाई बुझ्न ध्यानपूर्वक लागिरहेको छु
धर्तीका घाम, जून, तारामध्ये
केहीको स्वभाव र व्यवहारले आकर्षण गरिरहेछ मलाई 
म जानेर र नजानेर
उनीहरूलाई मिठो मह र चहकिलो बत्ती ठानेर होमिइरहेछु

प्रेम – चार
म 
कालापत्थर र गोक्यो लेकतिर 
हिँडिरहेको बेला
तिम्रो फोन आयो
भन्यौ–
आई लभ यु
यत्ति सुनेपछि सम्झेँ,
सगरमाथा चढ्न हिँडिरहेको म 
सगरमाथाको चुचुरोतिर 
प्रेमको झन्डा गाडिरहेछु

प्रेम – पाँच
तिमी र ममा प्रेम भएपछि 
सबै नियम तोडिए समाजको
कहिले जीवजन्तु बन्यौँ
कहिले रुख र झारपात बन्यौँ
कहिले आकाश र खहरे बन्यौँ
तिमी र ममा प्रेम भएपछि 
हामी दुवैलाई 
हामीभन्दा बढी
लाग्न थाल्यो सुन्दर 
संसारका सबै चिजहरू
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro