site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस भ्रातृसंस्थाको म्याद अब थप नहुने, चैतभित्रै अधिवेशन गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृसंस्थाको लागि अब म्याद थप नहुने स्पष्ट पारेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृसंस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृसंस्थाका अध्यक्षहरूबीच भएको छलफलमा कांग्रेसका शीर्ष नेताले तोकिएको समय चैत महिनाभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

Argakhachi Cement Island Ad

महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको जानकारी दिए । 

छलफलका क्रममा केही संस्थाले तोकिएको समयभित्रै महाविधेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैतभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।

सबै भातृसंस्थासँगको छलफलका क्रममा आएका सुझावलाई पार्टीले समाधान गर्ने उनले बताए । 

यसअघि कांग्रेसले निर्देशक समितिहरूलाई ०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्