site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशमा कुहिरो, अन्यमा हुस्सु 
फाइल तस्बिर । 

काठमाडौं । तराईका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको हो ।

कोसी प्रदेशमा कुहिरो र अन्य स्थानमा हुस्सु रहेको मौसमविद् गोविन्द झा बताउँछन् । 

“कोसी प्रदेशको विराटनगरलगायत केही स्थानमा कुहिरो लागेको छ । बाँकी भूभागमा हुस्सु लागेको छ,” मौसमविद् झाले बाह्रखरीसँग भने । 

विराटनगरमा आज बिहान ८०० मिटर भिजिविलिटी रहेको छ । अन्य स्थानमा हुस्सु लागेको उनले बताए । पश्चिम तराईमा भने भिजिविलिटी सामान्य छ । 

एक किलोमिटरभन्दा कम भिजिविलिटी भइ त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झा बताउँछन् ।

दुई किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने हवाई सेवा प्रभावित हुन्छ । विमान उडान र अवतरणका लागि दुई हजार मिटरभन्दा बढी भिजिविलिटी चाहिन्छ । 

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro