site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भन्सार र राजस्व विभागका महानिर्देशकमा तीनजनाको चर्चा

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरूवा भएसँगै भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशकमा तीनजनाको चर्चा हुन थालेको छ ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी राष्ट्रिय योजना आयोग र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरूवा भएपछि अबको महानिर्देशक को हो भनेर चर्चा हुन थालेको हो ।

यसै चर्चामा अर्थ मान्त्रालयका सह–सचिव महेश भट्टराई, मदन दहाल र महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक श्यामप्रसाद भण्डारीको चर्चा हुन थालेको हो । भट्टराई अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख हुन् । त्यस्तै, दहाल प्रशासन महाशाखा प्रमुख हुन् । भण्डारी महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक हुन् ।

भण्डारी र भट्टराईको भन्सार विभागका महानिर्देशक हुने चर्चा छ । तर, भट्टराईले भने राजस्व विभागको महानिर्देशकमा इच्छा राखेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । 

भण्डारीले भने भन्सार विभागको महानिर्देशकमा इच्छा राखेका छन् । तर, दहाल आन्तरिक राजस्व विभागको महानिर्देशक भए भने भन्सार विभागको महानिर्देशकमा भट्टराईको सम्भावना बढी रहेको स्रोतको दाबी छ । किन भने भट्टराईले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक तथा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

त्यस्तै, मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिवद्वय दीर्घराज मैनाली र नारायणप्रसाद रिसालको पनि सरूवा गरिएको छ । यो महाशाखा एउटा भए पनि मैनालीलाई व्यवस्थापन गर्न मन्त्रीले दुईवटा सहसचिवलाई जिम्मेवारी दिएका थिए । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro