site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बुवाको हत्या गर्न छोराबुहारीको सुपारी, ६ जना पक्राउ

काठमाडौं । इलामा सुपारी दिएर बुवाको हत्या गरेको खुलेको छ । इलाम सूर्योदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गर्न उनकै छोराबुहारीले सुपारी दिएको खुलेको हो ।

धनराजको हत्याको आरोपमा प्रहरीले उनकै छोराबुहारी मंगेश भनिने एडवर्ड राई र २६ वर्षीया मालती तामाङसहित ६ जनालाई पक्राउ गरेको इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा सोही नगरपालिकाका २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् । 

प्रहरीको अनुसन्धानका क्रममा धनराजकै छोराबुहारी एडवर्ड र मालतीकै योजनामा उनको हत्या भएको खुलेको हो ।

आठ महिना अघिदेखि बुवासित मनमुटाब भएर छुट्टै बस्दै आएका उनीहरूले हत्या गर्न लगाएको खुलेको प्रहरीले बताएको छ । 

धनराजको शव सोमबार घरमै फेला परेको थियो । उनको रड प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro