काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ र ‘रंगी’ फागुन २ गतेबाट रिलिज हुँदै छन् । ‘दुखी आत्मा’मा मुख्य भूमिकामा दयाहाङ राई र आँचल शर्मा छन् ।
‘रंगी’को मुख्य भूमिकामा सलोन बस्नेत, नम्रता श्रेष्ठ र दिलीप रायमाझी छन् ।
यी दुई चलचित्रको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।
‘दुखी आत्मा’को तुलनामा ‘रंगी’ले निकै न्यून शो पाएको छ ।
काठमाडौं उपत्यकामा ‘दुखी आत्मा’लाई मल्टिप्लेक्सले २९ वटा शो दिएको छ । ‘रंगी’ले काठमाडौं उपत्यकामा चार शो मात्र पाएको छ ।
वान सिनेमाजले ‘दुखी आत्मा’लाई नौ शो उपलब्ध गराउँदा ‘रंगी’ले तीन शो पाएको छ ।
चलचित्र ‘दुखी आत्मा’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । ‘रंगी’लाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् ।