site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बेलाबेला किन ‘डाउन’ हुन्छ इसेवा ?

काठमाडौं । भुक्तानी सेवा प्रदायक वा डिजिटल वालेट इसेवामा पछिल्लो केही दिनयता बेलाबेला समस्या देखिने गरेको छ । मंगलबार साँझ पनि इसेवामा समस्या आएको थियो ।

इसेवामा एप नै नखुल्ने, भुक्तानी नहुने, भुक्तानी प्राप्त गर्न नसकिनेजस्ता समस्या देखिने गरेको छ । यस समस्यालाई लिएर प्रयोगकर्ताहरूले गुनासोसमेत गर्ने गरेका छन् ।

Dabur Nepal
NIC Asia

पछिल्लो एक सातादेखि इसेवामा यस्तो समस्या बढेको छ । इसेवाको मुख्य कम्पनी एफवानसफ्ट ग्रुपका निर्देशक सुवास शर्माले ‘लोड बढ्दा’ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

“साँझ ६ देखि ९ बजेकोबीचमा इसेवामा कारोबारको लोड बढेर समस्या देखिएको छ । पछिल्लो एक साता यस्तो समस्या अलि बढी भएको छ,” निर्देशक शर्माले भने ।

यो समस्या समाधानका लागि प्राविधिक टिमले काम गरिरहेको उनले बताए । “साँझको समयमा प्रयोगकर्ताको लोड बढी भएर क्यूआरबाट भुक्तानी गर्दा यस्तो भइरहेको छ । आवश्यक रिसोर्स समस्या समाधान गर्ने काम भइरहेको छ,” शर्माले भने ।

प्लेस्टोरमा मात्रै एक करोडभन्दा बढी डाउनलोड्स रहेको इसेवा नेपालको सबैभन्दा पुरानो र प्रमुख डिजिटल वालेट हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro