site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यसूचीमा परेन भ्रष्टाचार विधेयक 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार (माघ २९) भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल नहुने भएको छ । सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल र पारित गरिने उल्लेख थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका निम्ति प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा राखिएको थियो । तर, दैनिक कार्यसूचीबाट यो विषय हटाइएको छ । यो विधेयक ०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो ।

मंगलबारको बैठकमा मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट आएको सन्देश टेबल हुने कार्यसूचीमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro