site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्कको समूहले ९७ अर्ब डलरमा किन्न खोज्यो ओपनएआई

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी उद्यमी एलन मस्क नेतृत्वको समूहले ओपनएआईको मुख्य गैरनाफामूलक संस्था खरिद गर्ने प्रस्ताव अगाडि सारेको छ । मस्क नेतृत्वको समूहले सोमबार ९७ अर्ब ४० करोड अमेरिकी डलरको यस्तो प्रस्ताव गरेको हो ।

ओपनएआईले च्याटजीपीटी र अरू विश्व चर्चित शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण बनाइरहेको छ । योसँगै ओपनएआई गैरनाफामूलकबाट नाफामूलक बन्न थालेको छ ।

ओपनएआईलाई नाफामुखी हुनबाट रोक्न मस्कले यस्तो कदम चालिरहेका हुन् ।

जेनेरेटिभ एआई टेक्नोलोजीको भविष्यलाई लिएर मस्कले ओपनएआईका सीईओ साम अल्टम्यानसँग टकराव लिन सक्ने ठानिएको छ । मस्क नेतृत्वको समूहको ९७ अर्ब अमेरिकी डलरको प्रस्तावपछि अल्टम्यानले सामाजिक सञ्जाल एक्समा यसलाई अस्वीकार गरेका छन् ।

अल्टम्यानले एक्समा ‘पर्दैन, धन्यवाद’ भन्दै बरु आफूहरूले नौ अर्ब ७४ करोड डलरमा ट्विटर (एक्स) किन्ने उल्लेख गरेका छन् ।

मस्कले सन् २०१५ मा अल्टम्यानसँग मिलेर गैरनाफामुखी संस्थाका रूपमा ओपनएआईको स्थापना गरेका थिए । तर, उनले यो कम्पनी सुरु हुनुअघि नै छाडेका थिए । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro