site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्मको यात्रा सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले रोयल इनफिल्ड महाराइड सम्पन्न गरेको छ । जनकपुरस्थित रोयल इनफिल्ड सोरुमबाट सुरु भएको यो यात्रा सिन्धुली पुगेर सकिएको हो ।

राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउनु रहेको कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा रोयल इनफिल्ड सोरुममा थप दश राइडर गराएर ६१ राइडरसहित सम्पन्न भएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन मधेस प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए ।

कार्यक्रमको फ्ल्याग अफ अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए ।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रा सम्पन्न गरेको कम्पनीको भनाइ छ ।

ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्‍याए ।

यस यात्राको मुख्य उद्देश्य 'घुमौँ मधेस, बुझौँ मधेस' क्याम्पियनलाई सफल बनाउन सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ । यस्तै, समान रुचि भएका रोयल इनफिल्डका राइडरहरूलाई एकीकृत गराउने र भातृत्व विकासको लक्ष्य पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्