site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शरणार्थीदेखि प्रशिक्षकसम्म : लिभरपुललाई स्तब्ध बनाउँदा प्लाइमाउथको पर्दा पछाडिका व्यक्ति

काठमाडौं । प्लाइमाउथका प्रशिक्षक मिरोन मुस्लिकले फुटबलमा धेरैले असम्भव मानेको उपलब्धि हासिल गरिसकेका छन् । इंग्लिस फुटबलको दोस्रो डिभिजन च्याम्पियनसिपको पुछारमा रहे पनि उनको टोलीले एफए कपमा प्रिमियर लिग लिडर लिभरपुलविरुद्ध अप्रत्यासित जित निकाल्न सफल रह्यो ।

आइतबार राति भएको खेलमा र्‍यान हार्डीको पेनाल्टी एफए कपको चौथो चरणमा लिभरपुललाई स्तब्ध बनाउन पर्याप्त बन्यो ।

“यो हाम्रो लागि जादुमयी दिन हो । मैले मेरो खेलाडीहरूलाई खेलमा रमाउन भनेको थिए, र अहिले हामी क्लबको इतिहासमा खडा भएका छौँ,” मुस्लिकले भने, “यो हाम्रो लागि ठूलो दिन हो । र, कताकता मलाई लाग्छ हामी यो नतिजाका निम्ति योग्य थियौँ ।”

Dabur Nepal

मुस्लिकको जीवनकथामा यो नतिजा तुलना गर्ने हो भने ६ पटकको युरोपियन च्याम्पियनलाई हराउनु सायद अझ सहज उपलब्धि हुन सक्छ ।

सन् १९९२ मा ९ वर्षको उमेरमा मुस्लिक बोस्नियाको घर बिहाकबाट पलायन हुन बाध्य बनेका थिए । उनै मुस्लिक गत महिना इंग्ल्यान्डका वाइन रुनीलाई प्रतिस्थापन गर्दै प्लाइमाउथको मुख्य प्रशिक्षक बने ।

उनीहरू समयमै बाहिरिए । जुन १९९२ मा, मुस्लिक परिवारले बिहाक छोडेको एक वा दुई महिनापछि नै गृहयुद्धको क्रममा सर्ब–नेतृत्वको सेनाद्वारा मुस्लिकको सहज तीन वर्षको घेराबन्दीमा पर्‍यो ।

“हामीले बोस्निया र बिहाक छोड्नु पर्‍यो । एक रातमै जति सकिन्छ त्यति सामान बोकेर हामी निस्कियौँ । त्यहीबाट हाम्रो नयाँ यात्रा, नयाँ जीवन सुरु भयो ।”

मुस्लिक, उनको दिदी र अभिभावकले बोस्नियाबाट ४०० माइलको यात्रा तय गर्दै अस्ट्रियाको इन्सबर्गसम्म आइपुगे । जहाँ उनीहरूलाई रहनसहन, भाषा र सामाजिक परिवेशबारे कुनै जानकारी थिएन । उनीहरूले जर्मन लवजमा बोल्ने स्थानीयसँग सम्बन्ध बनाउन निक्कै कसरत गर्नुपर्‍यो ।

“हामीले पूरा जिन्दगीभर संघर्ष गर्यौँ । यो संघर्षको यात्रा नै मेरो जीवनको यात्रा बन्यो । त्यसैकारण म सँधै आशावादी र सकारात्मक रहने गर्दछु,” यो सिजन सर्कल बर्गेसलाई यूईएफए युरोपा कन्फेरेन्ससम्म पुर्‍याएका मुस्लिकले भने ।

“यदि पूर्ण रूपमा विश्वास राखियो भने कुनै पनि कुरा असम्भव हुँदैन,” उनले थपे ।

यदि विश्वास र प्रतिबद्दता लिभरपुलविरुद्ध मुस्लिकको टिमले देखायो । लिभरपुल त्यही टिम हो जसले यूईएफए च्याम्पियन्स लिगको पहिलो चरणमा शीर्ष स्थान हासिल गरेको थियो । प्रिमियर लिगमा पनि शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

मुस्लिकलाई भेट्ने जो–कोहीले पनि उनको जोस र प्रतिबद्दतालाई अनुभव गर्न सक्छन् । डेभनमा अविस्मरणीय जित निकालेसँगै मुस्लिकले पथमा जस्तोसुकै बाधाहरू भए पनि लक्ष्य भेट्टाउन सकिने सन्देश दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro