site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अधिकार मागौँ, नागरिक कर्तव्यबोध पनि गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकलाई अधिकार माग्ने स्वतन्त्रता रहेको बताएका छन् । अधिकारको माग गर्नु जनताको अधिकार रहेको भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए ।

धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए । सोनाम ल्होसारको अवसरमा शंकरापुर नगरपालिमा आयोजित कार्यक्रममा सिंहले अधिकार माग्दा नागरिक कर्तव्य पनि भूल्न नहुने बताए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुसी साटासाट गर्न महत्त्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गरे ।

उनले राजनीति स्थिरता कायम गर्दै अर्थतन्त्र चलायमान गर्ने प्रयोजनकै लागि वर्तमान गठबन्धन बनेको भन्दै यसले विस्तारै परिणम दिन थालेको बताए । “वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो । अर्थतन्त्र चलायमान बनाउन स्थिरता नभइ नहुने हाम्रो अभ्यासबाटै अनुभूत गरेका छौँ,” सिंहले भने, “राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जिविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ ।”

उनले चुनावी अभियानमा भिन्न दलका भिन्न एजेन्डा हुने भन्दै परिणाम आइसकेपछि विकास निर्माणको काममा राजनीतिक सहकार्यको संस्कृति निर्माण हुनुपर्ने बताए । “यसमा राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ । प्राथमिकता तय गरेर काम गर्नुपर्छ,” सिंहले भने, “अहिले आफू देशभर जाँदा विकासका काममा राजनीतिक दलहरू मिलेर अघि बढ्ने राजनीतिक संस्कार देखेर खुसी लागेको छ ।”

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro