site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले संविधान बनाउने पार्टी हो, खारेज गर्ने होइन : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले खारेज गर्ने प्रश्न नउठ्ने बताए ।

एमालेले संविधान खारेज गर्न चाहेको प्रचण्डको अभिव्यक्तिप्रति उनले एमाले–कांग्रेसले संविधान खारेज वा च्यात्ने नभइ संरक्षण गर्ने जिकिर गरे । प्रचण्ड विध्वंस गर्दै हिँड्ने भएकाले अरुलाई पनि त्यस्तै देख्ने गरेको उनले बताए ।

भट्टराईले संवैधानिक बाटोबाटै संविधान संशोधन हुने र सबैको सहमतिमा यसलाई अघि बढाइने उल्लेख गरे ।  कांग्रेस–एमालेले संशोधनको एजेन्डा तयार गर्ने र एजेन्डालाई सबै दलसँग छलफल गरी सहमति खोज्ने धारणा राखे ।

अहिलेको संविधान सबैलाई सर्वस्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकताअनुसार संशोधन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको भन्दै २०८४ को निर्वाचनअघि नै संशोधन हुने उनको भनाइ छ । भट्टराईले अध्यादेशका लागि अन्य दलसँग कुनै सौदाबाजी नगर्ने स्पष्ट पारे ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro