site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नमरी बाँचे फेरि भेटौँला भन्दै प्राधिकरणबाट बिदा भए हितेन्द्र
हितेन्द्रदेव शाक्य । फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सेवा अवधि सकिएको छ ।

आफ्नो पदावधि नसकिँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै उनी सर्वोच्च अदालत पुगेका थिए । पदावधि रहँदासम्म सर्वोच्चबाट उनको मुद्दामा सुनुवाइ नै भएन । यत्तिकैमा कार्यकाल सकिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राधिकरणका सहकर्मीसँग बिदा लिएका हुन् ।

‘‘धन्यवाद, बाई बाई । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त,” उनले लेखेका छन्, “नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस् ।’’

आफूलाई कानुनविपरीत प्राधिकरणबाट हटाइएको जिकिरसहित शाक्यले सर्वाेच्चमा दायर गरेको रिटमा ३१ पटक तारेख धाए । र, ११ पल्ट पेसीमा सुनुवाइ नै भएन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro