site stats
बाह्रखरी :: Baahrakhari
खेल
सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबल सुरु

काठमाडौं । अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप सोमबारबाट काठमाडौंमा सुरु भएको छ । 

नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सुरु प्रतियोगितामा ३२ टिम सहभागी छन् । जसअनुसार नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र एक पाकिस्तानबाट टिम सहभागी भएको संघले जनाएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा सुरु प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटमा आधारमा खेलाइने प्रतियोगिताको विजेता, उपविजेता र मोस्टभेलुएबल खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

तीनदिने प्रतियोगिताको फाइनलको दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता समेत हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्