site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनलाई अमरेशको चुनौती– सके संसद् भवन र सर्वोच्च भत्काऊ !

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् । 

उनले कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै नाजीवाद र फाँसीवादमा नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न आग्रह गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी ०७२को गणतान्त्रिक संविधानमा शासित छौँ । काठमाडौं सातै प्रदेशको राजधानी हो । काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको सुरुवात भएको थियो हिटलरबाट । त्यसरी नै प्रस्तुत हुँदैछन्,” अमरेशले भने, “हिजो माघ २७ गते कवाड व्यवसायीहरुमाथि डोजर चलाइयो । त्यहाँ मुस्लिम छ, दलित छ, काठमाडौंका पनि छन् । जो घाइते भएका छन् त्यहाँ कोही पनि शासक छैन ।” 

उनले त्यसो भनेर बालेनलाई चुनैती दिएका थिए । 

“म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,” अमरेशले भने, “यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन ।”
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्