site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाबुरामको नजरमा राप्रपा पश्चगामी पार्टी  
महाधिवेशन उद्घाटनसत्रको दृश्य ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पश्चगामी पार्टीका रूपमा टिप्पणी गरेका छन् । जुनसुकै समाजमा पनि अग्रगामी, यथास्थितिवादी र पश्चगामी सोच भएका मानिस हुने उनले उल्लेख गरेका छन् । नेपालमा पश्चगामी सोच राख्नेहरूको प्रतिनिधित्व राप्रपाले गरिरहेको उनको बुझाइ छ ।

“धार्मिक राज्य र राजतन्त्रको वकालत गर्ने यो धारको मुख्य प्रतिनिधि राप्रपा हो,” डा. भट्टराईले भनेका छन्, “जुनसुकै समाज पनि अग्रगामी, यथास्थितिवादी र पश्चगामी सोच राख्ने मानिसहरूले बन्ने हुँदा इतिहासमा ढिलो गरी लोकतान्त्रीकरण भएको नेपालमा केही प्रतिशत पश्चगामी सोच राख्नेहरूको उपस्थिति हुनु स्वाभाविक कुरा हो ।”

झिनो मतमा त्यस्ता पश्चगामी सोच राख्नेहरू रहे पनि नेपाली समाज अँध्यारो युगतर्फ नफर्कने उनको विशवास छ । “२१औँ शताब्दीको चेतना बोकेका अत्यधिक नेपालीहरू जतिसुकै समस्या आइपरे पनि अँध्यारो युगतिर होइन उज्यालो युगतिर नै उन्मुख हुनेछन् भनेर हामीले विश्वास गर्नुपर्छ,” डा. भट्टराईले भनेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्