site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय दाल दिवस र अरबी चितुवा दिवस आज

काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस र अरबी चितुवा दिवस हो । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्ने व्यञ्जनका रुपमा खपत हुने गरेको छ । 

दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन सुरु भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।
 
अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसंघको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । 

Dabur Nepal

लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो । 

विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसंघीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । 

जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको उद्देश्य हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro