site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छारे रोग मानसिक समस्या हो ? के कस्ता कारणले हुन्छ ?

काठमाडौं । छारे रोग भएका व्यक्तिहरूमा देखिने लक्षणका आधारमा धेरैले यसलाई मानसिक रोगको रूपमा बुझेको पाइन्छ । स्नायु र मस्तिष्कसँग जोडिएको रोग भए पनि छारेरोग मानसिक समस्या भने होइन ।

मानिसको मस्तिष्क विद्युतीय उर्जा जस्तै एक प्रकारको उर्जाले सञ्चालित हुन्छ । यसरी एक नसाबाट अर्को नसासमम्म उर्जा प्रवाह गर्ने काम विभिन्न रसायनहरूले गर्ने गर्छन् ।

तिनै रसायन प्रवाह हुने क्रममा केही तलमाथि वा तँछाडमछाडले नसामा असर परेको अवस्था नै सिजर अर्थात् छारो रोग हो । त्यसको असर मस्तिष्कभित्रत्रै पनि हुनसक्छ भने शरीरका विभिन्न भागमा पनि देखिनसक्छ ।

Dabur Nepal

मस्तिष्कभित्रको हुने कुनै एक भागबाट सुरु भएको सिजर शरीरका एउटै अंगमा मात्रै पनि असर गर्नसक्छ । मस्ष्किमा हुने रसायनको प्रवाह वंशाणुगत बनोटमा पनि निर्भर गर्ने वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिष्ट डा. लेखजंग थापा बताउँछन् । यस्ता कारणले हुने छारेरोग वंशाणुगत  हो ।

कसलाई हुनसक्छ छारेरोग  ?
छारेरोग नेपालमा मात्रै नभई सबैखाले राष्ट्रहरूमा देखिने आम रोग हो । अमेरिकामा यो प्रत्येक २६ जनामध्ये एक जनामा देखिने यो समस्या नेपालमा भने प्रत्येक एक हजारमध्ये  मध्ये ७.३ जनामा देखिने गरेको पाइएको छ ।

छारेरोग कुनै निश्चित उमेर वा समूहका व्यक्तिलाई हुने  रोग होइन अर्थात् बाल्यअवस्थादेखि वृद्धावस्थासम्म कुनै पनि उमेरमा यो रोग देखिनसक्ने बताउँछन्, नेसनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. सुमन भट्टराई ।

छारे रोगका निश्चित कारण हुन्छन् ?
डा. भट्टराईका अनुसार हालसम्म गरिएको अध्ययनमा छारेरोग भएका व्यक्तिहरूमध्ये ५० प्रतिशतमा कारण पत्ता लागेको छैन । पत्ता लागेका ५० प्रतिशत कारणमध्ये फित्ते जुकाको फूल मस्तिष्कसम्म पुग्नु, मस्तिष्कमा अक्सिजनको कमी हुनु, हार्मोनहरूमा असामान्य परिवर्तन हुनु, ब्रेन ट्युमर, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता समस्या लामो समयसम्म रहिरहनु जस्ता कारण प्रमुख रूपमा देखिएको छ ।

नेपालको सन्दर्भमा काँचो तरकारी वामासु खाने चलन रहेका समुदायमा फित्ते जुकाको फुलबाट नै छारेरोग बढी हुने गरेको अध्ययनहरूले देखाएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro