site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फर्पिङ दुर्घटना अपडेट : ३९ घाइतेलाई अस्पताल लगियो
प्रतीकात्मक तस्बिर ।

काठमाडौ‌ । काठमाडौ‌को दक्षिणकाली नगरपालिका–३, फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए । अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बा १ क ५६६४ नंको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro