site stats
बाह्रखरी :: Baahrakhari
देश
हेटौँडाबाट वीरगन्ज लगिँदै गरेको ७५० लिटर अवैध मदिरा बारा प्रहरीले समात्यो

काठमाडौं । बारा प्रहरीले ७५० लिटर मदिरा नष्ट गरेको छ । भारत तस्करी गर्न लागिएको अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए ।

हेटौँडाबाट बारा हुँदै वीरगन्ज जाने सवारीसाधनलाई जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज चोकमा जाँच गर्दा अवैध मदिरा फेला परेको थियो । सोही मदिरा नष्ट गरिएको हो ।

Argakhachi Cement Island Ad

बारा प्रहरीका अनुसार, २१ प्लास्टिकका पोका तथा पाँच ग्यालेनमा राखेर भारत लगिँदै गरेको घरेलु मदिरा बरामद भएको हो ।

शुक्रबारमात्रै बारा प्रहरीले नौ बिगाहामा अवैधरूपमा लगाएको गाँजासमेत फडानी गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्