site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘आवासीय चिकित्सकलाई आठौँ तहको भत्ता दिनुपरे पीजी पढाउँदैनौँ’

काठमाडौं । चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयप्रति निजी मेडिकल कलेजहरूले असहमति जनाएका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालले विज्ञप्ति जारी गर्दै निर्णयमा ‘नोट अफ डिसेन्ट’ रहेको जनाएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्री तथा चिकित्सा शिक्षा आयोगसँगको यसअघिको सहमतिविपरीतको निर्णय पछिल्लोपटक गरिएको संघको जिकिर छ । यही माघ २५ गते बसेको आयोग बैठकबाट निजी मेडिकल कलेजमा अध्ययन तथा कार्यरत आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको (मासिक ४८ हजार ७३७ रुपैयाँ) निर्वाह भत्ता दिने निर्णय गरिएको थियो ।

“उक्त बैठकमा एसोसिएसनको उपस्थिति मात्रै रहेको तर उक्त निर्णयमा एसोसिएसनका अध्यक्ष एवं आयोगका पदेन सदस्यको आग्रहविपरीत निर्णय गरिएको,” विज्ञप्तिमा उल्लेख छ ।

स्रोत सुनिश्चित नभई आठौँ तहबराबरको निर्वाह भत्तासहित स्नातकोत्तर अध्यापन गराउन नसकिने निजी मेडिकल कलेजहरूको अडान छ ।

चिकित्सा शिक्षा स्नातकोत्तर तह अध्ययनका निम्ति यो वर्ष आयोगले सरकारीतर्फ ७९५ र निजीमा एक हजार २० गरी कुल एक हजार ८१५ सिट छुट्ट्याएको छ । शैक्षिकसत्र २०८१/०८२ को प्रवेश परीक्षा समेत सम्पन्न भइसकेको छ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro