site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याङ्जामा नवग्रह मन्दिर निर्माण अन्तिम चरणमा

काठमाडौं । स्याङ्जामा नवग्रह मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अर्जुनचौपारी गाउँपालिका–१ मा नेपालमै पहिलोपटक नवग्रह मन्दिर निर्माण अन्तिम चरणमा पुगेको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर हालसम्म छैन । विभिन्न शक्तिपीठमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएको छ । छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर छ । नवग्रह (नौ आकाशीय पिण्ड)को मन्दिर भारतको असमस्थित चित्रसालको पहाडमा मात्र छ । स्याङ्जामा बनाइँदै गरेको नवग्रह मन्दिर असमको भन्दा फरक हुने तिवारीले बताए ।

नवग्रह मन्दिरको मुख्य स्तम्भ नवभुज आकारको हुनेछ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको दर्शन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र गर्न पाइनेछ ।

नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणका बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिंग र अरू कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गाभवानीको मूर्ति राखिनेछ ।

नवग्रह मन्दिर शनिबार मात्र खुला गरिनेछ । नौमध्ये एक चक्रमा भने अरू दिनमा पनि पूजाआजा गर्न सकिने गरी व्यवस्था मिलाइने उनले जानकारी दिए ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किमिको दूरीमा नवग्रह मन्दिर निर्माणाधीन छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro