site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीलाई अब कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचन परिणाम आफ्नो पार्टीका पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथ तथा पदभार ग्रहण कार्यक्रममा शनिबार उनले ०६४ मा जस्तै योपल्ट माओवादीका पक्षमा देशव्यापी लहर देखिएको बताए । अब आफूहरूलाई कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे ।

प्रचण्डले जनताबीचमा जान अब नयाँ खालको प्रतिस्पर्धा गर्न आवश्यक रहेको औँल्याए ।

योपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास गरेको उनले उल्लेख गरे । पुरानो विरासत स्थापित गरेको उनको भनाइ थियो ।

अखिल क्रान्तिकारीको निर्वाचनसँगै माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुंग्याएको शक्तिशाली सन्देश स्थापित भएको पनि उनले बताए ।

संसारभरिका कम्युनिस्ट पार्टीभित्र एकता, संघर्ष, रूपान्तरण नै महत्त्वपूर्ण सूत्र भएको भन्दै उनले सबैले यसलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

उनले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन पार्टीनिकट विद्यार्थीलाई निर्देशन दिए । एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न उनले आग्रह गरे । हिमालयन टेली भ्वाइसबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro