site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तरीमा ७२६ किलो गाँजा बरामद
प्रतीकात्मक तस्बिर ।

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट प्रहरीले ७२६ किलो गाँजा बरामद गरेको छ । बिहुल पुलभन्दा १०० मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कोरपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

उक्त सवारीसाधनका चालक फरार छन् । उनको खोजी भइरहेको मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हेमन्त तामाङले बताए ।

गएको पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१, कमलदाहाबाट ६७० किलो गाँजा बरामद भएको थियो । यस्तै, मंसिर ४ गते सप्तरीकै राजगढ गाउँपालिका–४, बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार ७१७ किलो गाँजा बरामद गरिएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro