site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विनयराजको कथाकृति ‘रमरतिया’ सार्वजनिक

काठमाडौं । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका सर्जक विनयराज गौतमको अर्को कथाकृति ‘रमरतिया’ लोकार्पित भएको छ । शुक्रबार वीरगंजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगका सदस्य गोपाल अश्कलगायतले कृति लोकर्पण गरे । 

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि साहित्यकार अश्कले कुनै पनि कथाकृति वा उपन्यासमा आञ्चलिकता हुन ठाउँको नाम राखेर मात्रै हुन्न, त्यसको कथावस्तुमै परिवेश झल्किुनु पर्नेमा जोड दिए । उनले कथाकृतिको प्रशंसा गरे ।

Dabur Nepal
NIC Asia

समीक्षक रामप्रसाद पाण्डेले कथाले प्रस्तुत गरेको आञ्चलिकता, कृतिको शिल्प शैलीको चर्चा गर्दै स्थानीय समाजको क्रियाकलाप एवम् पीडालाई यसभित्रका कथाहरूले उजागर गरेको बताए । कृतिकार गौतमले कथाकृति आफूले लोकलाई सुम्पिएको बताए ।

पर्सा जिल्ला जेष्ठ नागरिक संघको आयोजनामा सम्पन्न लोकार्पण कार्यक्रममा जगदीशप्रसाद शर्मा, श्यामकुमार पोखरेल, रामप्रसाद साह, वैद्यनाथप्रसाद कोइरी लगायतले बोलेका थिए ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro