site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरिशका दुई कथाकृतिमाथि अन्तर्क्रिया

काठमाडौं । कथाकार हरिश कल्पितको दुई कथाकृति ‘आस्था’ र ‘ग्याब्रियले’ माथि परिचर्चा गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘आस्था’माथि डा. अम्बिका अर्याल र ‘ग्याब्रियले’ माथि डा. शोभा ढुंगानाले समीक्षात्मक टिप्पणी गरे ।

डा. अर्यालले २४ वर्षअघि प्रकाशित कथाकृति ‘आस्था’को विषयमा बोल्दै यस संग्रहभित्रका कथाहरूमा अधिकांशतः प्रेमिल भावहरू रहेको बताइन् । आस्थाभित्रका १३ वटा कथाहरूको चिरफार गर्दै कथा सन्देशमूलक भए पनि आकारमा धेरै लामो भएको टिप्पणी गरिन् ।

डा. ढुंगानाले ग्याब्रियलेमाथि चर्चा गर्दै शीर्षकले विदेशी कथाहरू भएको झल्को दिए पनि यसभित्रका अधिकांश कथा नेपाली परिवेशको भएको बताइन् । उनले हरिशका कथा सामाजिक यथार्थवादी दृष्टिबाट लेखिएको बताउँदै कलात्मक शिल्पका साथ बुनिएको उल्लेख गरिन् । कथाकार कल्पितले अब उपन्यास लेख्ने तयारी गरिरहेको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि आख्यानकार पद्मावती सिंहले हरिशको लेखनको प्रसंशा गरिन् । साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा राधेश्याम लेकालीले पनि बोलेका थिए ।    

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro