site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम खेलमा पनि हार्‍यो नेपाल, थाइल्यान्ड बन्यो च्याम्पियन 
तस्बिर : क्यान ।

काठमाडौं । नेपाल महिला ट्वान्टी–२० शृंखलामा घरेलु टिम जितविहीन बनेको छ । शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डसित सात विकेटको हार व्यहोरेसँगै नेपाल जितविहीन बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शृंखलाको अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । थाइल्यान्डको जितमा कप्तान नरुइमोल चाइवाइले सर्वाधिक २७ रन बनाइन् । नानपाट कोन्चारोइन्काईले २३ र नाताया बुचाथमले ११ रन थपे ।

नेपालकी कप्तान इन्दु वर्माले दुई विकेट लिइन् । पूजा महतोले एक विकेट लिइन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको थियो । ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । कविता जोशीले १४, कप्तान इन्दु वर्माले १० रन थपे । राजमती ऐरी १० रनमा अविजित रहिन् ।

थाइल्यान्डकी ओनिचा काम्चोम्फुले तीन विकेट लिइन् । चनिदा सुथिरुआङ र सुलिपोर्न लाओमीले समान एक विकेट लिए ।

योसँगै थाइल्यान्डले ६ खेलबाट १० अंक जोड्दै प्रतियोगिताको उपाधि जितेको हो । दोस्रो बनेको नेदरल्यान्ड्सले समान खेलबाट आठ अंक जोड्यो । सबै खेल खेले पनि अंकविहीन नेपालले पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्‍यो ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro