site stats
बाह्रखरी :: Baahrakhari
कला
फेन्टासी चलचित्रमा काम गर्ने रहर छ : दयाहाङ 
फाइल तस्बिर ।

काठमाडौं । फेन्टासी चलचित्रमा पनि आफूलाई काम गर्ने रहर रहेको अभिनेता दयाहाङ राईले बताएका छन् । फेन्टासी चलचित्रमा पनि आफूलाई काम गर्न असहज नहुने उनको भनाइ छ । 

“यस्ता चलचित्रमा काम गर्ने रहर छ । तर, रहर गरेर मात्र पनि हुँदैन,” दयाहाङ बाह्रखरीसँग भन्छन्, “सबै कुरा चाहेर पनि हुँदैन । सबै कुरा मिल्नु पनि पर्छ ।” 

चलचित्रमा कसलाई लिने त्यसमा पहिलो रोजाई निर्देशकको हुने उनी बताउँछन् । “निर्देशकको सोचमा कसलाई लिने भन्नेछ त्यसले कुन चलचित्रमा कसले काम गर्ने भन्ने कुरा भरपर्छ,” दयाहाङ भन्छन्, “तर मलाई फेन्टासी जानराका चलचित्रमा काम पनि समस्या छैन ।” 

Argakhachi Cement Island Ad

दयाहाङ अक्सर सोसल ड्रामामा धेरै काम गर्दै आएका अभिनेता हुन् । उनले अभिनय गर्ने अधिकांश चलचित्र फेमेली सोसल ड्रामा हुने गरेका छन् । 

यस्तै चलचित्रबाट अफर आउने र आफूलाई पनि सामाजिक कथामा काम गर्न मन लाग्ने भएकाले सोसल ड्रामा धेरै भएको दयाहाङ बताउँछन् । 

“सोसल ड्रामामा काम गर्न म आफैँ पनि रमाइरहेको हुन्छु । आफैँले भोगेका कुराहरू कथामा लेखिरहेका छन्,” उनी भन्छन्, “त्यस्ता चलचित्रमा काम गरिरहको छु ।”

दयाहाङ अभिनीत चलचित्र ‘दुखी आत्मा’ फागुन २ गते रिलिज हुँदै छ । यो चलचित्रमा उनी अन्य चलचित्रभन्दा फरक भूमिकामा छन् । 

कविको चरित्रमा देखिएका छन् । एडल्ट जानराको चलचित्र ‘दुखी आत्मा’ले यौन स्वास्थ्यबारे जानकारी दिने दयाहाङले बताएका छन् । 

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ र आँचल शर्मा मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्