site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्यालेन्सियाविरुद्ध सहज जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा 

काठमाडौं । भ्यालेन्सियाविरुद्ध उसैको मैदानमा ५–० को सहज जित निकाल्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति स्टाडियो मेस्टालामा पाहुना टिमलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक गरे । लामिन यमल र फेर्मिन लोपेजले समान एक गोल थपे । 

खेलको तेस्रो मिनेटमा नै टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । १७औँ मिनेटमा टोरेसले नै पाहुना टिमको अग्रता दोब्बर बनाए । २३औँ मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता ३–० मा पुर्‍यायो । ३०औँ मिनेटमा टोरेसले ह्याट्रिक गर्दा बार्सिलोनाले पहिलो हाफमै अग्रतालाई ४–० मा राखेको थियो । 

५९औँ मिनेटमा युवा फरवार्ड यमलको गोलसँगै बार्सिलोनाले ५–० को फराकिलो जित निकाल्यो ।

बार्सिलोनाले यसअघि ला लिगाको खेलमा भ्यालेन्सियालाई ७–१ ले हराएको थियो ।

बिहीबार राति नै भएको अर्को खेलमा ओसासुनाविरुद्ध २–० को जित निकाल्दै रियाल सोसिडाडले अन्तिम चारको यात्रा तय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro