site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी प्रतिष्ठानमा बढेन मेडिकल पीजीको सिट संख्या, चिकित्सक संघको आपत्ति

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ का निम्ति स्नाकोत्तर (पीजी) तहको सिट संख्या निर्धारण गरेको छ । १८ सरकारी र २६ निजी मेडिकल कलेज तथा प्रतिष्ठानहरूका निम्ति विभिन्न कार्यक्रममा सिट संख्या तोकिएको हो । 

आयोगले सरकारीतर्फ ७९५ र निजीतर्फ १०२० गरी कुल एक हजार ८१५ सिट छुट्याएको छ । यस्तै, सातवटा निजी अस्पतालका कार्यक्रमका निम्ति १९ सिट निर्धारण गरिएको छ । 

नेपाल चिकित्सक संघले भने आयोगको सिट निर्धारणमाथि आपत्ति जनाएको छ । एमडी/एमएस/एमडीएस कार्यक्रममा सरकारी प्रतिष्ठानहरूमा क्षमताअनुसार सिट थप्ने अवस्था हुँदाहुँदै पनि नथपिएको भन्दै संघले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । सिट संख्या थप नहुँदा पीजीका निम्ति ठूलो संख्यामा चिकित्सक विदेशिन बाध्य भएको संघको ठहर छ । 

सरकारी प्रतिष्ठानमा गतवर्ष पनि ७९५ सिट नै तोकिएको थियो । सरकारी र निजी गरी आयोगले गतवर्ष कुल एक हजार ७१४ सिट छुट्याएको थियो । 

एमडी अध्ययनरत विद्यार्थी चिकित्सक सरकारीमा सिट संख्या थपिनुपर्ने, पीजी शिक्षा निःशुल्क हुनुपर्ने, निजी मेडिकल कलेजमा अध्ययनरत आवसीय चिकित्सकलाई सरकारी आठौँ तह सरहको निर्वाह भत्ता दिनुपर्ने लगायतका माग राख्दै आन्दानेलनमा छन् । 

आन्दोलनरत चिकित्सकहरूको समेत माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न संघको माग छ ।

कुन कलेजलाई कति सिट ?

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro