site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रचण्डको आरोप– बिचौलियाको प्रभावमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी हुँदै छ
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाको प्रभावमा परेर सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले बिचौलियाको आँखा धितोपत्र बोर्डमा परेको बताए ।

“अब बिचौलियाका आँखा धितोपत्र बोर्डमा गएका छन्, ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स गलत बाटोतिर अगाडि बढ्दै छ,” प्रचण्डले भने, “दूरसञ्चार फ्रिक्विन्सीजस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनोस् । दिनैपर्ने भए, कमिसनमा हैन, खुला प्रतिस्पर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ । अहिलेको अवैध प्रक्रिया रोक्नुपर्छ ।”  

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरणमा पनि प्रचण्डले प्रश्न उठाएका छन् । “म सोध्न चाहन्छु, स्पिनिङ मिलमा नक्कली अडिट कान्ड के भयो ? यसको पनि उत्तर मै दिन्छु, धितोपत्र बोर्डमा मिलाइयो,” उने भने, “तत्कालीन सेन्चुरी बैंकको अरबौँको छानबिन के भयो ? सामसुम पारियो । सबैतिर भएका बेथिति मिलाइयो, चोख्याइयो जोगाइयो ।”

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्