कला
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ निर्माणको घोषणा भएको छ । चलचित्र सम्पादक सुरेन्द्र पौडेलले यो चलचित्र निर्देशन गर्नेछन् । पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो ।
फागुनको पहिलो साताबाट छायांकनमा जाने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहने निर्देशक पौडेलले जानकारी दिए ।
‘वरिष्ठ बलराम’मा २०८२ मा प्रदर्शन हुनेछ । केही दिनमै चलचित्रको टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
यो चलचित्रको छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ ।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ ०७:३३
प्रतिक्रिया दिनुहोस्