site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
फागुन १६ देखि जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ ।

आयोजक संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।

नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिलाको संस्कृति विश्वमाझ चिनाउनका लागि जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले महोत्सवमा मिथिलाका साथै नेपालमा निर्माण भएका सबै भाषाभाषीका चलचित्रलाई पनि समावेश गर्न सुझाव दिए । 

महोत्सवमा १ सय १४ भन्दा बढी देशका चलचित्रले आवदेन दिएको र नेपाली पानोराममा नेपालबाट आवदेन आउने क्रम जारी रहेको संवाद फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro