site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निफको निर्णायकमा दीपेन्द्र र सुरक्षा

काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा नेपालबाट रहने दुई सदस्य छनोट गरिएको छ ।

छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र फिचर फिल्मतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समितिमा सदस्य रहने तय भएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । 

महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबीच छलफल तथा कार्यशालाहरू सञ्चालन हुने निफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

चैत ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएका छन् । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।  
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro