site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘पवन आलोक नियात्रा पुरस्कार’ श्रेष्ठको ‘ग्वंगचुलीको हिउँ’लाई

काठमाडौं । नियात्रा समाज नेपालले २०८० सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ तेजप्रकाश श्रेष्ठको नियात्राकृति ‘ग्वंगचुलीको हिउँ’लाई प्रदान गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मञ्जुल नेपालले नगद राशि २५ हजारसहित साहित्यकार श्रेष्ठलाई पुरस्कार प्रदान गरे ।

Dabur Nepal

पुरस्कार प्रदान गर्दै मञ्जुलले नियात्रा साहित्यको उन्नयनका लागि समाजले गरेको कामको प्रशंसा गरे ।

कार्यक्रममा कृतिकार श्रेष्ठले पुरस्कारले थप काम गर्न उर्जा मिलेको बताए । समाजका पूर्वअध्यक्ष प्रतीक ढकालले पुरस्कार स्थापनाको सन्दर्भ सम्झना गर्दै यसअघि नियात्राकारहरू भीष्म उप्रेती, डा. दामोदर पुडासैनी ‘किशोर’, इल्या भट्टराईका कृति पुरस्कृत भइसकेको जानकारी दिए ।

कार्यक्रममा नियात्राकारहरू उप्रेती, डा. पुडासैनी, छनोट समितिका श्रीओम श्रेष्ठ ‘रोदन’, समाजका अध्यक्ष मोहन चापागाईंले बोले । पुरस्कारकी संस्थापक रेखा कँडेलको लिखित मन्तव्य उद्घोषक भवानी खतिवडाले पढेर सुनाइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro