site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय सभा अध्यक्ष भन्छन्– कानुन निर्माणमा हामी नै सन्तुष्ट छैनौँ 

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले डेलिभरी दिन नसक्दा जनतामा संघीयताप्रति नकारात्मकता पैदा हुँदै गएको टिप्पणी गरेका छन् ।
 
सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ पुस्ककको विमोचन गर्दै उनले ऐन-कानुन निर्माणमा आफूहरू नै असन्तुष्ट रहेको सुनाए ।
 
“संघीयता आफैंँमा गलत हो, संघीयताको सिद्धान्त आफैँमा गलत छन् भन्नेतिर म पाउँदिनँ । संघीयता हामीले ल्यायौँ, हामीले नै कार्यान्वयन गर्न जाँदै छौँ,” उनले भने, “कार्यान्वयन हुने हरेक गतिविधि, मुख्यतया ऐन कानुन निर्माणको सवालमा हामी कहीँ न कहीँ आफैँ असन्तुष्ट छौँ भनेपछि जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरा संघीयता गलत भएर आएको होइन ।”

उनले जिम्मेवारी लिने राजनीतिकर्मीको डेलिभरीका विषयमा आफंँतिर फर्कन सुझाए । “जिम्मा लिएकाले समयमा नै पुर्‍याउन सकेनौँ कि ? हामी त्यतातिर पो फर्कन पर्ने हो कि ? दाहालले भने, ‘‘हामी जिम्मा लिएका राजनीतिकर्मीहरू अनि मात्रै ठिक ठाउँमा पुग्न सक्छौंँ भन्ने लाग्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघीयता गलत भन्ने कुरा राजनीतिक पूर्वाग्रह भएको उनको भनाइ छ । “संघीयता आफैँमा गलत हो भनेर राजनीतिक आग्रह-पूर्वाग्रहबाट बोल्ने एउटा कुरा, आमजनतामा त्यस्तो होइन । हामीले जनतालाई दिनुपर्ने डेलिभरी दिन सकेका छैनौँ भनिरहका हुन्छौँ,’’ उनी भन्छन् । 

दाहालले राष्ट्रिय सभाका समितिहरू गम्भीर पाएको सुनाए । राष्ट्रिय सभामा पूरा कार्यकाल बिताएका अधिकांश सदस्य सन्तुष्ट भएर फर्कने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्