site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सारङ्गी’ फेम्ड निर्माता विनोदको प्रश्न– फेस्टिभलमा मात्रै चलचित्र चलेका त होइनन् ?

काठमाडौं । तिहारपछि रिलिज भएका नेपाली चलचित्रले राम्रो ग्रसकलेक्सन गर्न सककेका छैनन् । थुप्रै चलचित्र रिलिज भए पनि बक्सअफिसमा तिनले प्रभाव राख्न सकेका छैनन् । 

तिहारपछि रिलिज भएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ले केही दर्शकलाई हलमा ताने पनि यी चलचित्रले समेत अपेक्षित कलेक्सन गर्न सकेका थिएनन् । 

बाँकी जति पनि चलचित्र आए तिनले प्रभाव कायम गर्न सकेनन् । ‘मिसिङ : केटी हराएको सूचना’, ‘एक्टर’, ‘बमबहादुर’, ‘अग्निदहन’, ‘कार्साङ’, ‘फिरफिरे फिरिरी’, ‘देववाणि’लगायत चलचित्र हलमा आए । तर, यी चलचित्रले लगानी उठाउन सकेनन् । 

दसैँ र तिहारपछि आएका अधिकांश चलचित्र नचलेपछि कतै फेस्टिभल अर्थात् चाडपर्व चलेको त होइन भन्ने शंका गर्ने ठाउँ रहेको ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल बताउँछन् । 

“दसैँ र तिहारमा चलचित्र राम्रोसँग चले । तर, त्यसपछि रिलिज भएका कुनै पनि चलचित्र चलेनन्, किन ?” निर्माता पौडेल भन्छन्, “यो हेर्दा कतै फेस्टिभल चलेको त होइन भन्ने पनि भएको छ ।” 

अपेक्षा गरिएका चलचित्र पनि नचल्दा शंका गर्ने ठाउँ जन्माएको उनी बताउँछन् । 

एउटै चलचित्रले करिब ५० करोड रुपैयाँ कलेक्सन गरेको बजारमा किन कुनै चलचित्र ५/७ लाख ग्रसकलेक्सनमा सीमित भए भन्ने कुरालाई लिएर शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro