site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल थाइल्यान्डसित पराजित
तस्बिर : क्यान ।

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डले नेपाललाई चार विकेटले हराएको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी थिइन् । त्योसँगै नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो ।

नेपालका निम्ति कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौका समेत प्रहार गरिन् । विन्दु रावलले पनि २५ रन बनाइन् । उनले २५ बलमा तीन चौका हानिन् । कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।

बलिङतर्फ थाइल्यान्डका निम्ति थिपचा पुत्थावोंगले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई/दुई तथा चानिदा सुत्थीरुआंगले एक विकेट लिए ।

१०२ रनको विजयी लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । थाइल्यान्डका निम्ति नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान गरिन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । सुवानान खियाओतोले १४ र कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् ।

बलिङतर्फ नेपालका निम्ति मनीषा उपाध्यायले दुई तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक/एक विकेट लिए ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो । रासस

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro