site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको बैठक बस्दै, कस्तो लेला कार्यदिशा ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । 

माघ १९ र २० गतेका लागि बोलाइएको बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेण्डामा छलफल हुनेछ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

जसपा नेपाल अहिले सत्ताबाहिर छ, तर माओवादीसँग उसको सम्बन्ध सुमधुर छैन । जसपा नेपालले आफ्नो पार्टी विभाजनको दोष उनै प्रचण्डलाई दिँदै आएको छ । 

त्यसैकारण उपेन्द्र नेतृत्वको जसपा नेपालले समाजवादी मोर्चा पनि त्यागिसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सम्बन्ध सुमधुर नभएकै कारण जसपा नेपाल सरकारबाहिर भए पनि विपक्षी मोर्चामा सामेल हुन सकेको छैन । 

अन्य विपक्षी दल एक भएर सरकारको विरोधमा लागिरहेका बेला उपेन्द्र नेतृत्वको पार्टीले अब के कस्तो कार्यदिशा लेला भन्नेमा आमराजनीतिक वृत्तमा चासो बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro