site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसवादी दलका नेताहरूको बैठक जारी

काठमाडौं । मधेसवादी दलका नेताहरूको बैठक जारी छ । बिहीबार सिंहदरबारमा मधेसवादी राजनीतिक दलका नेताहरूको बैठक बसेको हो ।

बैठकमा आठ पार्टीका नेता सहभागी छन् । जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तमलोपाका नेता बैठकमा सहभागी छन् ।

सरकारले संविधान संशोधन गर्ने चर्चासँगै एकताबद्ध हुन र मधेसका मुद्दा एकै स्वरमा उठाउन भन्दै उनीहरू बैठक बस्दै आएका छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्