site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरीबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरादरबार सबैको छानबिन गरौँ : वर्षमान 
फाइल तस्बिर ।

पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उदघाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरूको छानबिनका लागि समिति गठन गर्न माग गरेका हुन् । 

आफूमाथि दर्जनौं अनियमिता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले  शेरादरबारको प्रसंग चर्चामा ल्याइएको उनको आरोप छ । 

उनले शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरादरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए । 

“माओवादी नेता पनि कतै जोडिएका छन् र तर्साउन सकिन्छ कि भनेर ओलीजीले शेरादरबारको कुरा गरिरहनुभएको छ । हामी हिजो गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडेर आएका हौँ,” उनले भने, “हाम्रो अध्यक्षले संसदमै शेरादरबारको छानबिन सुरु गर्नुस् भनेर बोल्दै हुनुहुन्छ ।” 

पुनले प्रधानमन्त्री ओलीलाई आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुन चुनौती दिउ । “कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ,” उनले अगाडि थपे, “गिरीबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो । तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो । मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ ?” 

पुनले विगतमा पनि नेताहरूमाथि छानबिन गर्नुपर्दा उच्चस्तरीय न्यायिक आयोग र संसदीय छानबिन समिति बन्ने गरेको स्मरण गरे । प्रचण्डले यसअघि प्रधानमन्त्री रहेकै बेला प्रहरी प्रमुखसहित छानबिन गर्ने निकायलाई आफ्नो पार्टीका नेता, कार्यकर्ता, परिवारका सदस्या वा आफू स्वयंबाट राज्य दोहन र भ्रष्टाचारजन्य क्रियाकपाल भएको भए छानबिन गर्न अपिल गरेको बताए  । 

तर, प्रधानमन्त्री ओलीले राज्यशक्तिको आडमा आफू, आफ्ना पार्टीका व्यक्ति र सत्तारुढ कांग्रेस नेता मुछिएका भ्रष्टाचार, तस्करी र राज्य दोहनका प्रकरणको छानबिन फितलो बनाएको तथा छानबिन नै गर्नुपरे पनि पक्षपातपूर्ण व्यवहार गरेको उनले टिप्पणी गरेकाे वर्षमानकाे सचिवालयले जनाएकाे छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro