site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाइगर कप भलिबल : गण्डकीले एपीएफलाई हरायो 

काठमाडौं । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा गण्डकीले एपीएफमाथि ३–१ सेटको जित दर्ता गरेको हो ।

गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै गण्डकी विजयी भयो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो ।

अब गण्डकी र एपीएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

यसअघि, महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए । आयोजक टोलीले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराएको थियो । पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

महिलातर्फ आयोजक टोली र एपीएफले पहिलो क्वालिफायर खेल्नेछन् । पुलिस र न्यु डायमन्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने र एलिमिनेटरमा जित्ने टोलीले फाइलन प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिता यही माघ १९ गतेसम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro