site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा हरियाली, विकास बैंकका लगानीकर्ताले कमाए

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २४.५० अंकले बढेको छ । नेप्से ०.९३ प्रतिशतले बढेर २६५७.७७ को विन्दुमा पुगेको छ ।

यस दिन नौ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँमा एक करोड ९६ लाख ६० हजार १९५ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा रहेका सबै १३ समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक क्षेत्रको परिसूचक ४.०७ प्रतिशतले बढेको छ । १३ विकास बैंकको सेयर मूल्य बढ्दा दुइटाको घटेको छ ।

समग्रमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ । ६० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्री स्टार हाइड्रो र जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा डोल्टीपावर कम्पनीको सेयर मूल्य ८.४३ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro