site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कवि पोखरेलको ‘विश्वासमाथि उभिएर’ सार्वजनिक 

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्कले एक कार्यक्रमबीच कवि सुदर्शन पोखरेलको कवितासंग्रह ‘विश्वासमाथि उभिएर’ सार्वजनिक गरेको छ । 

कोपनहेगनमा आयोजित कार्यक्रममा नेपाली राजदूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले कृति विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तक लेखिएर पठन संस्कृतिको अभ्यास हुनु सह्रानीय भएको बताइन् । 

सार्वजनिक कृतिमाथि पाठकीय टिप्पणी राख्दै कवि प्रकाश सापकोटाले संकलित कविताहरूमा गहनता, विचार, पौराणिक ज्ञान र विज्ञानसमेत रहेको बताए । 

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका साहित्यकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले कृतिका विषयमा बोले । कवि पोखरेलले यो आफ्नो पहिलो कृति भएको बताउँदै केही कविता वाचन गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्