site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापति कप : मछिन्द्रलाई सडन डेथमा हराउँदै संकटा फाइनलमा

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबलमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ । संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सभापति कपको फाइनल यात्रा तय गरेको हो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल भयो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । संकटाका कप्तान तथा गोलरक्षक दीप कार्कीले आयुष घलानको प्रहार बचाउँदै खेलमा निर्णायक भूमिका खेले । मछिन्द्रका लागि दयानन्द सिंहको प्रहार भने बाहिरिएको थियो ।

संकटाका लागि इमान बोएटाङले निर्णायक पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। संकटाका अन्य खेलाडीहरू राम थापा, श्रीजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, दीप कार्की, अबेका रिचर्ड, र रोश पहारीले पनि पेनाल्टीमार्फत गोल गरेका थिए ।

मछिन्द्रको तर्फबाट समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, र विमल घर्तीमगरले गोल गरे ।

संकटाले उपाधिका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश र न्यु रोड टिम एनआरटीको विजेतासँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro