site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ईश्वर, देश र जनताको नाममा कसम खाने अधिकांशले फट्याइँ गरे : रवीन्द्र मिश्र

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले ईश्वर, देश र जनताको नाममा कसम खाने अधिकांशले फट्याइँ गरेको आरोप लगाएका छन् । 

राप्रपाको ३ दिनको बैठकको अन्त्यमा आफ्नी ८१ वर्षीया आमाको कसम खाँदै उनले तीन प्रतिबद्धता व्यक्त गरेका छन् । ती निर्णय लिँदा, कसले के भन्छ भन्ने कुरासँग आफ्नो चिन्ता नरहने उनले बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘म जे निर्णय लिन्छु, त्यो १. देशको दीर्घकालीन हित २. भावी पुस्ताको दीर्घकालीन हित ३. र राप्रपाको दीर्घकालीन हितलाई हेरेर लिनेछु। आफ्नो फाइदा र स्वार्थलाई हेरेर लिने छैन।’

८१ वर्षकी बिरामी आमाको नाममा कसम खानेले आफ्नो फाइदाका लागि फट्याइँ गर्ने छैन भन्नेमा ढुक्क हुन उनले आग्रह गरेका छन् । 

अन्त्यमा उनले लेखेका छन्, ‘‘विचारभन्दा माथि देश, देशका लागि नरेश र त्यसका लागि नवीन समझदारी भनेर त्यसै भनेको होइन।’’

पछिल्लाे समय राप्रपामा शीर्ष नेताबीच नै मतभेद देखिएकाे छ । विशेषगरी अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर राणाबीचकाे द्वन्द्व उत्कर्षमा पुगेका बेला मिश्रले यस्ताे धारणा राखेका हुन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro