site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पाँच जनालाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनले पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित विज्ञप्तिअनुसार, नेपाली भाषासाहित्यको श्रीवृद्धिमा कविता र निबन्ध सिर्जना, अनुवाद र सम्पादनका माध्यमबाट योगदान पुर्‍याएबापत पाल्पाका कृष्णप्रसाद बस्याललाई ६० हजार नगद राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने भएको छ । 

Argakhachi Cement Island Ad

विज्ञप्तिअनुसार, साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’, झापाका धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’, पोखराकी तेस्रो लिंगी रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यी तीन पुरस्कारका साथ नगद राशि जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, मनीषा राजवंशीलाई २५ हजार नगद राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिनेसमेत विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्